मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार

काठमाडाैं | भदौ २५, २०८०

मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार तस्बिर फाइल

काठमाडौं:     भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ ।


भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ ।


भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ ।


एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पकोे असर माराकेशसहित अन्य धेरै सहरहरुमा पनि परेको छ ।  भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् ।


मोरक्कोमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्